दफा ६१३
लिजमा दिएको वस्तुको मर्मत सम्भार गर्नु पर्ने

(१) लिज करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक लिजमा दिएको वस्तुको मर्मत सम्भार लिजदाताले गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लिजमा लिएको वस्तु तत्काल मर्मत, सम्भार वा सुधार नगरी त्यस्तोवस्तुको भोगचलन वा प्रयोग गर्न नसकिने भएमा लिजदातालाई जानकारी गराई लिजप्राप्तकर्ता आफैँले त्यस्तो वस्तुकोमर्मत, सम्भार वा सुधार गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम भएको मर्मत, सम्भार वा सुधार वापतको रकम लिजदाताले शोधभर्ना वा लिजबहालमा समायोजन गर्नु पर्नेछ।